अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

गलेश्वरको बेलिब्रिज एकसातामा पुरानै अवस्थामा सञ्चालनको तयारी

On: July 18, 2020 5:15 PM
Follow Us:

अविरल बर्षासँगै आएको राहुघाट नदीको कटानले एकसाता अगाडी भत्किएको बेलिब्रिजलाई एकसाताभित्र मर्मत गरी सञ्चालनको तयारी भइरहेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत बेनी नगरपालिका-९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको पुल कटानसँगै रघुगंगा गाउँपालिका–३ तर्फ क्षती पुगेपछि तत्काल मर्मतलाई प्राथमिकता दिइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो।

‘पुरानै ठाउँमा मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,‘परीक्षणपछि मात्रै सञ्चालन गछौं’ प्रजिअ ढकालले भन्नुभयो ।

अस्थायी रुपमा सञ्चालन गर्ने क्रममा पुलबाट ठूला र हेभी इक्युमेन्टीलाई ढुवानी नगरिने बताउँदै पहिलो चरणमा साना सवारीसाधन आवातजवात गर्ने, खाली सवारीसाधनलाई समेत वारपार गरी यात्रुलाई सहज बनाउने तयारी भइरहेको छ ।

नेपाली सेनाको प्राविधिक टोलीले पहिलो चरणमा आवश्यक निरिक्षण समेत गरेको थियो । बेलिब्रिज भत्किदाँ बेनीदेखि रघुगंगा, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङमा सिधा यातायात अवरुद्ध भएको छ ।

पैदलयात्री र सामान नजिकै रहेको झोलुङ्गे पुलबाट लैजाने गरिएको छ । झोलुङ्गे पुल समेत बषौं पुरानो भएकाले ठूला सामान ढुवानीमा जोखिम हुने भन्दै स्थानीयले समेत निगरानी गर्ने गरेका छन् । त्यस्तै राहुघाट पारीको बस्तीमा बसोबास गर्नेहरु समेत नदी कटानको थप जोखिमले त्रसित छन् ।