बाढीपहिरोको अवस्थाको अध्ययनका लागि ड्रोन प्रयोग गरिएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका आसपासको क्षेत्रमा बाढीपहिरोको अवस्थाको अवलोकन तथा स्थलगत अनुगमनका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वयमा नेपाल प्रहरी विपद् ब्यवस्थापन गुल्म बागलुङबाट पहिरोस्थल आसपास क्षेत्रको अवलोकन तथा ड्रोनमार्फत घटनास्थल आसपासको अवस्थाका बारेमा जानकारी लिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो । ‘पहिरोस्थलमा थप जोखिमलाई दृष्य र तस्बिर संकलन गरिएको छ,‘ड्रोनबाट लिइएको दृष्यले अध्ययन गर्न सहज हुन्छ’ प्रनाउ कुँवरले भन्नुभयो । उहाँका अनुसार पश्चिम म्याग्दीमा बाढीपहिरोबाट जनधनको क्षती पुगेपछि असार ३० गते प्रहरी निरिक्षक सागर रानाको टोली अवरुद्ध सडकको अवलोकन सहित पश्चिम क्षेत्रका विभिन्न स्थानको पहिरोको अवलोकनका लागि पुगेको थियो । टोलीमा बागलुङका ७ र गण्डकी प्रदेश प्रहरी कार्यालयको ३ जना रहेका थिए भने स्थलगत भ्रमणमा नमस्ते म्याग्दी डिजिटल फोटो सेन्टरका सञ्चालक कृष्णराज पौडेलले सघाएका थिए । पौडेल ताकमका भएकाले त्यस क्षेत्रको भूगोलको अवस्थाका बारेमा जानकार तथा ड्रोनको समेत प्रयोग गर्ने भएकाले प्रहरीको टोलीसँगै गएको बताइएको छ । धवलागिरी– ६ मराङको कल्लेनी, ताकम धारापानी, काफलडाँडाबाट पहिरोको अध्ययन गरेको थियो ।

पहिरोस्थलको अवलोकनको क्रममा केही स्थानमा जमिन चिराचिरा परेकाले सतर्कता अपनाउनुपर्ने, माटोको परिक्षण गर्नुपर्ने र जोखिम रहेको स्थानमा तत्काल बस्ती विस्तारको सम्भावना कम रहेको बताइएको थियो ।

ड्रोनबाट लिइएको फुटेज र परिक्षणले जोखिमविन्दुको पहिचानमा मदत पुग्ने अनुमान गरिएको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर गत शुक्रबार म्याग्दीमा मृत्यु हुनेको संख्या २८को मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् ।
तस्वीर सौजन्य नमस्ते म्याग्दी डिजिटल फोटो सेन्टर

Leave a Reply