म्याग्दीको मंगला गाउँपालिका-५, अर्मनका बाढीपहिरो प्रभावितलाई गाउँमै पुगेर राहत हस्तान्तरण गरिएको छ ।  श्री राधा मानव समिति नेपाल,विद्भव समाज नेपाल र डिभाइस यूथ क्लव नेपालले शनिबार बाढीपहिरोबाट विस्थापित अति विपन्न परिवार ५ घरपरिवार लाई प्रति घर ५ हजारको दरले राहत उपलब्ध गराएको छ । राधा मानव समितिको यूवा संस्था डिभाइस यूथ क्लव नेपालका सदस्यद्धय विष्णुप्रसाद आचार्य र विकास आचार्यकले वडा कार्यालयमा एक कार्यक्रम गरी पीडित बुद्धिबल कँडेल, दुर्गादत्त कँडेल, दलबहादुर कामी, कलि बुढा र लक्षमुण पुनलाई वडा अध्यक्ष भुपेन्द्र बहादुर खत्रीमार्फत आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थामार्फत सामाजिक एवम् मानवीय सेवामा निरन्तर जिल्लामा काम गर्ने उद्देश्य अनुसार नै बाढीपहिरोबाट सहयोग गरिएको बताइएको थियो । त्यस्तै वडा अध्यक्ष खत्रीले बाढीपहिरोबाट विस्थापितलाई राहत लिएर गाउँमै आउनुभएकोमा धन्यवाद दिदैं आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो । अर्मनका विभिन्न बस्तीमा बाढीपहिरोको चेपटामा परेकाहरु घर छोडेर छिमेकीमा बसेका छन् ।

Leave a Reply