अधिक बर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना)आईईसीले दोस्रो चरणको राहत तथा सहयोग वितरण सुरू गरेको छ । गत साता पश्चिम म्याग्दीका विभिन्न बस्तीमा बाढीपहिरोले मानवीय क्षतीसँगै ठूलो संख्यामा स्थानीय विस्थापित भएपछि राहत तथा पुर्नवासको अभियानमा सक्रिय रहेको मोनाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी आईईसीका प्रमुख संरक्षक चक्रबहादुर थापा, मोना आईईसीका उपाध्यक्ष सुर्जे भट्टचनले पहिरोस्थलमा प्रस्थान गर्नुभएको छ ।

मंगला–५ अर्मनमा प्रभावितलाई २० थान पाल, २० थान ब्लाङ्केट,मालिका–५ देबिस्थानमा २० थान पाल,ब्लाङ्केट, वडा नं ७ तल्लो बिम २० थान पाल,ब्लाङ्केट र बाईनाफाँटमा १०÷१० थान पाल, ब्लाङ्केट, २० बोरा चामल र धवलागिरी गाउँपालिका–६ मराङमा ३०÷३० थान पाल, ब्लाङ्केट वितरण गर्ने कार्यक्रम रहेको मोना आईईसीको सचिवालयले जनाएको छ ।

मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, मालिका गापाका अध्यक्ष श्रीप्रसाद रोका, देविस्थानकी वडा अध्यक्ष पिपला बुढा, धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनमगरलाई हस्तान्तरण गरिने छ ।

मोना आईईसीका अध्यक्ष ओमनारायण जुग्जालीले पहिरोस्थलमा पुर्नवास सहित राहतमा विश्वभरबाट म्याग्देलीले आर्थिक संकलनको अभियान सुरु गरेको बताउनुभयो ।

मोनाले बाढीपहिरो प्रभावितका लागि आर्थिक सहयोग जुटाउने कार्यलाई समेत तिब्रता दिएको कोषाध्यक्ष मुक्ती रोकाले जानकारी दिनुभयो । मोनाले राहत तथा पुर्नवास सहितको अभियानमा साथ दिने जनाइएको छ ।

Leave a Reply