म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यसबर्षको साउनको सोमबार मन्दिर पूजाआजाका लागि नखोल्ने भएको छ ।

साउन महिनामा म्याग्दीका साथै देशभरबाट ठूलो संख्यामा भक्तजन मन्दिरमा दर्शन गर्न आउने गरेको अवस्थामा कोरोनाको जोखिमलाई मध्यनजर गरी एकसाता अगाडी देखिनै र्दशनका लागि मन्दिर नखुल्ने सूचना जारी गरिएको कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो ।

मन्दिरमा कोरोना सहित बाढीपहिरो र सलहको वितण्डाबाट मुक्तीको कामना गदैं मन्दिरमा पूजारीले सामुहिक रुद्री, पुजाआराधना, शिवलिंगमा गाईको दुध चढाउने, बेलपत्र चढाउने लगायतका गतिविधि हुने गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । गलेश्वरमा साउनको सोमबार भक्तजनको घुईचो लाग्ने गरेको छ ।

जिल्लाभित्रका भक्तजनलाई दर्शन गर्न दिने विषयमा छलफल भएपनि कार्यान्वयनमा सम्भव नभएकाले सरकारले घोषित रुपमा जारी गरेको साउन ७ गतेसम्मको लकडाउनको अवधिमा पूजाआजा नहुने कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । मुख्य मन्दिरमा प्रवेशमा कडाई गरिएपनि मन्दिर आसपासमा दर्शन गरे भने जान सकिने बताइएको छ ।

गलेश्वर बजारमै दर्शनार्थीलाई पूणतः रोक नलगाइएकाले मन्दिर परिसरबाट दर्शन गरेर जान जनाइएको छ । सरकारले साउनको ७ गतेसम्म तोकेको लकडाउनमा मन्दिर खुल्ने नखुल्ने प्रष्ट नभएकाले समेत अन्यौल भएको कोषले जनाएको छ ।

कालिगण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मन्दिरमा जाने गरेको अवस्थामा मन्दिरले लकडाउनको सुरुवातलगत्तै भजनकृतन, पूजाआजा रोकपनि पूजारीले नियमित पूजामात्रै गर्ने गरिएको छ ।

Leave a Reply