उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान दोसल्लेको तल्लो फाँटमा पहिरोको जोखिमले ८ घर विस्थापित भएका छन् । अबिरल बर्षासँगै आइतबार बिहानपख बस्तीमाथि रहेको सल्लेरी सामुदायिक बनबाट खसेको पहिरोको उच्च जोखिममा रहेका ८ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरणगरिएको गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘जोखिमपूर्ण छ, चर्किएको अवस्थामा रहेकाले थप क्षती हुन नदिन सतर्क छौ’ गाउँपालिका उपाध्यक्ष मगरले भन्नुभयो । बस्तीमा निरन्तर ढुंगा खस्न थालेपछि शेरप्रसाद पाईजा, रामचन्द्र पूर्जा, मोहनसिंह पुन, विष्णु पुन, दुत बहादुर पुन, हेम बहादुर पुन, रे बहादुर पुन र हर्कविर पूनको परिवारलाई बस्तीबाट हटाइएको छ ।

विस्थापितको सामान, लत्ताकडाप निकालिएको छ भने गाउँपालिकाबाट त्रिपाल लगायतका साम्रागीहरु सहयोग गरेको छ। पहिरोस्थलको अवलोकन गरेपछि विद्यालय वा अन्य स्थानमा ब्यवस्थापन गर्ने जनाइएको छ । बस्तीका सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply