अधिक बर्षासँगै आएको बाढीपहिरोमा परेर गम्भीर घाईते भएकाको उद्धारमा निजी लगानीमा हेलिकप्टर प्रयोग गरेका एक ब्यक्तिले अस्पतालमै पुगेर थप उपचारमा सहयोग गर्नुभएको छ ।

गत असार असार २५ गते धवलागिरी गाउँपालिका–६, मराङ र मालिका गाउँपालिका–७, विममा पहिरोमा परेर घाईते भएकी गर्भवती, बृद्धबृद्धा सहित बालबालिकाको उद्धार गरी पोखरा मणिपाल अस्पतालमा उपचारका लागि पुर्याएका निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले आइतबार मणिपाल शिक्षण अस्पतालमा पुगेर थप सहयोग गर्नुभएको हो ।

पहिरोमा परेर घाइते भएकी मराङ राम्चेकी मञ्जिता श्रीपाली, मराङकी सतदेवी बिटालु, बिमका पूर्ण नेपाली र ताकमकी गौमति सुनार र आगोले जलेर घाईते भएका टेकबहादुर खत्रीलाई अस्पतालमै पुगेर १५ हजार रुपैयाँको दरले सहयोग गरेको जिसीले बताउनुभयो।

‘ओठमा मुस्कान देखियो,‘धन धेरै भएर होईन पीडामा परेकालाई आफ्नो क्षमता अनुसार सहयोग गरेको छु’ जिसीले भन्नुभयो। उहाँले पहिरोस्थलबाट उद्धारको पखाईमा रहेकी गर्भवती महिला, बृद्धबृद्धा र आगोले पोलेर छटपटाइरहेका बृद्धको उद्धार र उपचारमा आवश्यकता अनुसार भविस्यमा समेत थप सहयोग गर्ने बताउनुभयो।

जिसीले ४० हजार र इटलीबाट धवलागिरी गाउँपालिका–७ निवासीरवीप्रकाश थापा र श्रीमति शान्ति घिमिरे थापाले बीस हजार रुपैयाँ पठाउनुभएको थियो ।

घाइतेहरुलाई भेट्न शनिबार सामाजिक विकास मन्त्री नरदेवी पुन समेत पुग्नुभएको थियो भने सहयोग हस्तान्तरण सहित आवश्यक सहयोगमा पुनका निजी सचिव प्रकाश पौडेलले समेत सघाइरहनुभएको छ ।

पहिरोले विस्थापित र घाईते भएकालाई शुक्रबार प्रतिकुल मौषमका कारण उद्धार हुन नसकेपछि गत शनिबार जिसी र ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको निजी खर्चमा ६ महिनाकी गर्भवती सहिला पहिरोस्थलबाट प्रभु हेलिकप्टरले उद्धार गरेको थियो । तीनदिनको लगातार गरिएको उद्धारमा गर्भवती ३ जना, बृद्धबृद्धा सहित घाईते १३ जना, पहिरोमा फसेका ३३ जना र राहत साम्रागी, औषधी ११ जनालाई उपलब्ध गराइएको जनाइएको छ ।

Leave a Reply