म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरको फाँटमा धान रोपाई गदैं किसान । बेनी नगरपालिकामा अन्नको भण्डार भनेर समेत चिनिने रत्नेचौरको फाँटमा धमाधम रोपाई भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा सलह किराले धानखेतीमा नष्ट गरेपछि किसान निराश भएका छन् ।जिल्लाको कुल खेतीयोग्य जमिन ३० हजार ८ सय ५६ हेक्टरमध्ये १९ हजार ४ सय ९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ भने ३ हजार ८ सय ९८ हेक्टरमा धान खेती हुँदै आएको छ ।

गत आर्थिक वर्षसम्म कुल खेतीयोग्य जमिनको करिब ११ प्रतिशत जमिनमा मात्रै सिँचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । म्याग्दीको बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकामा धान खेतीको उत्पादन हुन्छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छुम्रुङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिन्छ । तस्वीर सौजन्य भरत खत्री

Leave a Reply