आर्थिक अभावका कारण उपचारमा समस्या भइरहेका म्याग्दीका तीन विरामीलाई म्याग्देली यूवा आवाजले उपचारमा आर्थिक सहयोग गरेको छ ।

आगोले जलेर गम्भीर घाईते भएका जिल्लाको धवलागिरी गाउँपालीका–७ ताकम निवासी ६० बर्षिय तमबहादुर खत्री, गम्भीर बिरामी भई टिचिङ हस्पिटलमा उपचारर्थ बेनपा–२ साबिक ज्याम्रुककोट फापरखेत प्रतिक्षा सुबेदी र गत असार २५ गते गएको पहिरोबाट घाईते भएकी धवलागिरी गाउँपालिका– ६ मराङकी मन्जिता सिर्पाइलीको उपचारमा प्रति विरामी १५ हजारको दरले सहयोग गरेको अभियानका संयोजक दिनेशजंग कटुवालले बताउनुभयो ।

उहाँका अनुसार उपचारमा समस्या भएकालाई थप सहयोग जुटाउने प्रयास समेत भइरहेको बताउनुभयो । यसअगाडी लगातारको बर्षासँगै आएको बाढीपहिरोले जिल्लाका विभिन्न स्थानमा जनधनको क्षती पुगेपछि जिल्ला विपद् ब्यवस्थापन कोषका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाँई २ लाख सहयोग उपलब्ध गराएको थियो । म्याग्देली यूवा आवाजले यसअगाडी डेंगु प्रभावित क्षेत्रमा झुल सहित विभिन्न राहत तथा सहयोग हस्तान्तरण गरेको छ ।

Leave a Reply