---Advertisement---

समाजलाई दुख दिने घण्टाकर्णको विर्सजनसंगै बेनीमा बर्खेनाच सुरू

On: July 19, 2020 6:54 PM
Follow Us:

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी विगतमा जस्तो भिडाभाड नगरी म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत एक महिने वर्खे नाच शुरु भएको छ। नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाथ घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ।आइतबार साँझ बेनीस्थित संगम चोकमा समाजमा दुःख दिने पात्रको रुपमा चित्रित घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमा गराई म्याग्दी र कालीगण्डकी नदीको दोभानमा लगेर विर्सजन गरिएको ल्यामपुचः का अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । ‘यसपटक नियमित नाँचहरु हुदैन्,‘नागानागिनी पनि सिमित घरमा देखाउने योजना छ’श्रेष्ठले भन्नुभयो । उहाँका कोभिड १९ को जोखिमलाई मध्यनजर अन्य कार्यक्रमका बारेमा जिल्ला प्रशासनसँग समन्वय गरिने छ। परापुर्वकालमा सर्वसाधारणलाई दुख दिँदै आएको घण्टाकर्ण नाम गरेको राक्षसको गाउँलेहरूले अन्त्य गरेको खुसीयालीमा घण्टाकर्ण पर्व मनाउने चलन रहिआएको श्रेष्ठको भनाई छ । बर्षे नाचको पहिलो दिन बेनीमा घण्टाकर्ण पर्व अर्थात गठेमंगल मनाउने गरिन्छ । एक महिनाको अवधिमा घण्टाकर्ण, लाखे र नागा नागीनी नाच प्रर्दशन गरिने नेपाल भाषा मंका खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ। नागानागिनी नाँच  दिंवगत पृत्रिहरुको सम्झनामा मनाउने गरिन्छ । अध्यक्ष श्रेष्ठले प्रजिअ ज्ञाननाथ ढकालसँग भेटेर कोरोनाको जोखिमलाई मध्यनजर गरी बजारमा गरिने नियमित नृत्य सहितका कार्यक्रमहरुलाई समिति स्थानमा मात्रै गर्ने जानकारी गराउनुभएको छ । नेपाल भाषा मंका खलः म्याग्दीले हरेक वर्ष श्रावण चतुर्दशी दिनको अवसरमा घण्टाकर्ण पर्वबाट बर्षे नाच सुरु भई हरितालिका तिजसम्म एक महिना विभिन्न नाच देखाउने गरेको छ। घण्टाकर्णदेखि सुरु भएको बर्खेनाच आगामी भदौ ५ गते तीजको दिनमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिने प्रचलन रहेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।