म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका लागि बेलायतस्थित नेपाली वेलफेयर सोसाइटी युकेले राहत वितरण सहयोग गरेको छ । गत असार २५ गते आएको पहिरोले विस्थापित भएका मालिका गाउँपालिका–७, बाढीपहिरोबाट विस्थापित भएका ५५ घर परिवारलाई दशदिनसम्मका लागि पुग्ने खाद्यान्न राहत उपलब्ध गराएको हो। नेपाली वेलफेयर सोसाइटी युकेले प्रतिघर ३० किलो चामल,दुई लिटर तेल, दुई पोका नुन, र दुई थान साबुन बितरण गरिएको राहत बितरण गरिएको टोलीमा सहभागि कमल मिजारले जानकारी दिनुभयो । पहिरो पीडितलाई राहत वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले पीडितलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले बाढीपहिरो प्रभावितलाई राज्यको सहयोगले मात्रै अपुग हुने भएकाले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले राहत मिलेको बताउनुभएको थियो। राहत वितरण कार्यक्रममा बिमका वडा अध्यक्ष सुविन जुग्जाली, नेकपा जिल्ला सदस्यपुस्कर बिश्वकर्मा, भोजबहादुर थापा, दलित यूवा सञ्जाल म्याग्दीका अध्यक्ष किसान सार्की लगायत दलित अगुवा, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

बिममा पहिरोबाट विस्थापितलाई स्थानीयस्तरमै रहेको पसलमा समेत आवश्यक खाद्यान्न साम्रागी समेत होल्ड गरिएको छ । यता मालिका गाउँपालिकाले राहत वितरणमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन पदैं पुर्नवास सहितको अभियानमा समेत सहयोग गर्न अपिल गरेको छ ।

Leave a Reply