माथिल्लो क्षेत्रमा अविरल बर्षासंगै म्याग्दी र कालिगण्डकी नदीमा पानीको बाहब ह्वात्तै बढेको छ । आइतबार राती भिषण बर्षासँगै उत्तरी म्याग्दी हुदै बग्ने कालिगण्डकी र पश्चिम क्षेत्रबाट बग्ने म्याग्दी खोलामा बाहव बढेपछि तटिय क्षेत्रका बसोबास गर्ने त्रसित भएका छन् । खोलाले दाउरा, पशुचौपाया समेत बगाएर ल्याएको स्थानीयले बताएका छन् । ’खोला बढेपछि दाउरा खोज्ने खोलातिर गएका थिए ।

एक्कासी खोला सतह बढ्यो’ बेनपा –४ तातोपानीका कुमार केसीले भने । बाहब बढेसँगै रुखै बगाएर ल्याइरहेकाले पनि माथिल्लो क्षेत्रमा भिषण बर्षासँगै पहिरो गएको अनुमान गरिएको छ ।

कालिगण्डकी नदीको माथिल्लो क्षेत्रमा समान्य पहिरो खसिरहन्छन् भने म्याग्दी खोलामा गूर्जा,नर्जा लगायतका साना नदी र ठाडोखोला समेत मिसिन्छन् । खोला उर्लिएर आएपछि तटिय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ । विस्तारै नदीमाबाहव बढेको स्थानीयको भनाई छ

Leave a Reply