उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरनामा पानीको सतह बढेसँगै पुलमा क्षती पुगेको छ। आइतबार राती भिषण बर्षासँगै उर्लिएको झरनाले बेनी–जोमसोम सडकखण्ड अन्तरगत मुस्ताङ जाने पुलसँगै नजिकै रहेको होटलमा समेत क्षती पुगेको दानाका स्थानीय सुजन बुढाथोकीले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘रुप्से आसपासमा ठूलो क्षती भएको बताइएको छ,‘जानसक्ने अवस्था छैन्, नजिकै एउटा बस र मेसिन समेत थियो’ बुढाथोकीले भन्नुभयो । उहाँका अनुसार माथिल्लो क्षेत्रमा बर्षाभएपछि रुप्से झरना ह्वात्तै बढेको छ । पुल समेत बगाएको आशंका गरिएपनि आसपासमा क्षेत्रमा जाने अवस्था नरहेको स्थानीयको भनाई छ । झरना आसपासको क्षेत्र कटान गरेको काभ्रेका स्थानीयको भनाई छ । उत्तरी म्याग्दी हुदै बग्ने कालिगण्डकी नदीको सतह ह्वात्तै बढेकाले तटिय क्षेत्रमा सावधानी अपनाउन समेत अपिल गरिएको छ ।

कालिगण्डकी नदीसँगै ठाडो खोलाको बाहब बढेकाले सदरमुकाम बेनीको बसपार्क आसपासका क्षेत्रमा समेत सर्तक माथिल्लो क्षेत्रबाट निरन्तर फोन आइरहेको छ । कालिगण्डकी र रुप्से झरनाबाट भएको क्षतीको थप विवरण प्राप्त भएको छैन् । उत्तरी क्षेत्रमा भिषण बर्षा भइरहेको छ ।

Leave a Reply