उत्तरी म्याग्दी हुदै बग्ने कालिगण्डकी र पश्चिम क्षेत्रबाट बग्ने म्याग्दी खोलामा बाहव बढेपछि तटिय क्षेत्रका बसोबास गर्ने त्रसित भएका छन् । लगातार वर्षाका कारण सोमबार दिउँसोको तुलनामा राती करिब ८ बजेदेखि पानीको बहाव बढेपछि खतराको संकेत गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताउनुभयो ।

‘नदीमा पानीको बाहब तिब्र गतिमा बढेको छ,‘अहिले थप जोखिमलाई मध्यनजर गरी नदी आसपासमा जोडिएका बाटोमा आवतजावतमा कडाई गरेका छौ’ कुँवरले भन्नुभयो । उहाँका अनुसार उत्तरी म्याग्दीमा कालिगण्डकीको बाहब बढ्दै गरेको अवस्थामा थप सावधानी आवश्यक रहेको बताउनुभयो ।

उहाँका अनुसार अन्नपूर्ण गाउँपालिकका–३ दानाको रुप्से झरनामा रहेको एउटा बस, स्काभेटर, होटल समेत बगाएको छ । रुप्से झरना आसपासमा रहेको पुल समेत बगाएको छ भने सडक कटान गरेकाले मुस्ताङ जाने सडक समेत भत्किएको छ ।

त्यस्तै बेनी जोमसोम सडकखण्ड अन्तरगत भुरुङ तातोपानी क्षेत्रमा समेत करिब १ सय मिटर सडक नदीले कटान गरेको छ । उत्तरी क्षेत्रको थप क्षतीको जानकारी प्राप्त भएको छैन् । तटिय क्षेत्रमा एकपछि अर्को जोखिम बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply