लगातार वर्षाका कारण कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि पर्वतको जलजला गाउँपालिका–२ मा रहेको धार्मिकस्थल राम मन्दिर नदीले कटान गरेसँगै उच्च जोखिममा परेको छ । सोमबार दिउँसो एक्कासी नदीको बाहब बढेसँगै मन्दिरको भवनलाई नदीको कटानले क्षती पुगेको छ ।

मन्दिर आसपासका क्षेत्रमा समेत कटान सुरु गरेपछि त्यहाँ रहेका ७ जनालाई म्याग्दीको गलेश्वर मन्दिरको अन्न क्षेत्रमा स्थानान्तर गरिएको छ भने पशुचौपायालाई बगरफाँटमा सारिएको छ । मन्दिर आसपासका क्षेत्रमा रहेका पुजारी लगायतलाई सुरक्षित स्थानमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘मन्दिर क्षेत्र खालि गराइएको छ,‘कटानले मन्दिर परिसरमा थप जोखिमको सम्भावना छ’ प्रहरी निरिक्षक धुब्रप्रसाद शर्माले भन्नुभयो । नदीको तिब्र बेगले मन्दिर आसपासमा पुर्याएको असरभन्दा मानवीय उद्धारमा प्राथमिकता दिइएको छ । यसैबीच गायत्री मन्दिरको तल्लो क्षेत्रमा बस्नेलाई समेत हटाइएको छ । भिषण बर्षासँगै उत्तरी क्षेत्रका ठाडो खोलामा समेत पानीको बाहब बढेपछि कालिगण्डकी नदी अनियन्त्रित भएपछि तटिय क्षेत्रमा ब्यापक क्षती पुगेको छ ।

Leave a Reply