कालिगण्डकी नदीको बाहब बढेसँगै प्रहरीले नदीको तटिय क्षेत्र आसपासमा रहेको बस्ती नै खालि गराएको छ। सोमबार दिउँसो अचानक नदीको सतह बढेपछि सुरक्षाकर्मीको टोलीले उत्तरी क्षेत्रको अन्नपूर्ण गाउँपालिकामा कालिगण्डकी नदी नजिकै रहेका बस्ती, रघुगंगा गाउँपालिका–१, बेगखोला, तिप्लाङ,बेनी नगरपालिका–८ पुरानो कालिपुल बजार, बसपार्कका साथै छिमेकी जलजला गाउँपालिकाको पर्वत बेनीको तटिय क्षेत्रमा रहेका बस्तीहरुबाट हटाउन थालेको छ ।

‘नदीका पानीको बाहब बढ्ने क्रममै छ,‘तटिय क्षेत्र आसपासको बस्ती नै खालि गर्दछौ’ म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई भन्नुभयो। कालिपुल बसपार्क क्षेत्रमा प्रनाउ कुँवर सहितको टोली नै सक्रिय भएर कुनैपनि बेला क्षती हुनसक्ने भन्दै एकरात बस्ती छोड्न अनुरोध गर्नुभएको थियो ।

कालिगण्डकी नदीमा निर्मित पक्की पुलको पिल्लरमा पानीको बाहबलाई मध्यनजर गरी आसपासका क्षेत्रबाट तत्काल आवश्यक पर्ने साम्रागीहरु लिएर मानिसहरुलाई टाढा बसाउन प्रहरी परिचालन भइसकेको छ । बेनीबजारको विद्युत प्राधिकरणबाट कालिपुलतर्फ जाने बाटो बन्द गरिएको छ भने चमेरेमा रहेको बर्षा होटल समेत उच्च जोखिममा छ ।

त्यस्तै चमेरे आसपासबाट दुईवटा ट्याक्टर बगाएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । यता म्याग्दी नदीको बाहब समेत विस्तारै बढ्दै गएको मंगला गाउँपालिका–२ बावियाचौरका केशव कँडेलले जानकारी दिनुभयो ।

‘हाँडेभिरको बस्ती जोखिममा छ,‘नदीमा ठूलोठूलो आवाज आइरहेको छ’ कँडेलले भन्नुभयो । करिब २ सय घरधुरीलाई तटिय क्षेत्रबाट आफन्तमा बस्न अनुरोध गरिएको छ ।

Leave a Reply