लगातार वर्षाका कारण कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि उत्तरी क्षेत्रमा वितण्डा मच्चाएको छ । सोमबार दिउँसो एक्कासी नदीको बाहब बढीले एक जना बेपत्ता भएका छन् ।

बाख्रालाई चरनक्षेत्रबाट ल्याएर फर्किने क्रममा काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर ६५ बर्षिय बलबहादुर गर्बुजा बेपत्ता भएका हुन् ।सोमबार साँझबाट एक्कासी बेपत्ता भएका गर्बुजाको खोजी भइरहेपनि मंगलबार विहानसम्म नभेटिएको दाना प्रहरी चौकीले जनाएको छ । सोमबार दिउँसो एक्कासी उर्लिएको रुप्से झरनाले नजिकै रहेको सुर्वण खत्रीको होटल, पार्किङ गरेको बस र स्काभेटर समेत बगाएको छ । स्थानीय सरस्वती आधारभुत विद्यालयको जमिनमा करिब ७० लाखभन्दा बढी खर्च गरेर सञ्चालित आर्कषक रेष्टुरेन्टको नामनिसाना समेत नरहने गरी बगाएको छ ।

त्यस्तै रुप्सेखोलामा आएको बाढीले निर्माणाधिन र पुरानो मोटरेबल पुल पुरेको छ। घाँस खोलामा निर्माणकै चरणमा रहेको मोटरेबल पुल समेत बगाएको छ । रुप्से र घाँसा खोलाको मोटरेवल पुलसँगै आसपासको सडक कटान गरेकाले साउन महिनाभरी यातायात सञ्चालनमाको सम्भावना नरहेको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

‘रुप्से झरनाले कालिगण्डीको बाहब ह्वात्तै बढ्यो,‘उत्तरी क्षेत्रको अवस्था बेहाल छ’ शेरचनले भने ।उनका अनुसार दाना–नारच्याङको गाडपार जोड्ने झोलुङ्गे पुल बगाएको छ। त्यस्तै सुकेबगर र घराप जोड्ने अर्को झोलुङ्गे पुल, दानाको लाटाखोलामा स्थानीय रमेश बुढाथोकीको एक तले घर बगाएको छ ।

दानामा निर्माणाधिन २२० केभी क्षमताको विद्युत सबस्टेशन र क्रसर उद्योग कटानको उच्च जोखिममा छन भने ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनामा समेत असर गरेको छ ।अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा सडक कटानसँगै बस्तीतर्फ कटान गरेपछि सिमा प्रहरी चौकी आसपासमा ३० भन्दा धेरै घर जोखिममा रहेको प्रहरी चौकीले जनाएको छ ।

कालिगण्डकी नदी मुस्ताङ हुदै म्याग्दीको अन्नपूर्ण, रघुगंगा, बेनी नगरपालिका र पर्वतको जलजला गाउँपालिका हुदै बग्ने भएकाले तटिय क्षेत्रमा कटान र जोखिम धेरै रहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए ।

‘क्षतीको विवरण संकलन गदैंछौ,‘भौतिक संरचनामा ठूलो क्षती पुगेको छ’ कुँवरले भने । उनका अनुसार कालिगण्डकीसँगै ठाडो खोला र झरनामा समेत पानीको बाहब बढेपछि एक्कासी कटान सुरु गरेको अवस्थामा उच्च सर्तकता अपनाइएको थियो ।

कालिगण्डकीले जलजला गाउपालिका–२ मा रहेको धार्मिक स्थल राममन्दिरको धर्मशालामा बगाएको छ भने बेनीबजार आसपासका क्षेत्रमा क्षती कम रहेको उनले बताए । माथिल्लो क्षेत्रमा भिषण बर्षा भएपछि म्याग्दी र कालिगण्डीको बाहब एक्कासी बढेको थियो । मंगलबार विहान जनजिवन समान्य हुदै छ ।

Leave a Reply