मंगलबार म्याग्दीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा साउदी अरवबाट आएका अन्नपूर्ण गाउँपालिका २ दानाका साउदी अरवबाट आएका२ जना र बहराईनबाट फर्किएका बेनी नगरपालिका वडा नं ४ घर भएका एक यूवामा कोरोना पुष्टी भएको हो । तीनजनाको स्वास्थ अवस्था समान्य रहेको छ ।

यो संगै म्याग्दीमा कोरोना पुष्टी हुनेको संख्या ४२ र निको भएर घर फर्किनेको संख्या ३४ पुगेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Leave a Reply