नेपाली कांग्रेस म्याग्दीले प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३८ औं स्मृति दिवस मनाएको छ ।

मंगलबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको चर्चा गदैं विपिले प्रतिपादन गरेका सिद्धान्त र देखाएको बाटोमा हिँडेर काँग्रेसलाई बलियो बनाउनुपर्ने बताइएको थियो ।

स्मृति दिवसको अवसरमा कम्यूनिष्टले राज्य सञ्चालन गरिरहेको अवस्थामा पार्टीलाई बलियो बनाउन विपिका बिचार र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने खाँचो औंल्याएका थिए ।

कार्यक्रममा पार्टी सभापति खम्बीर गर्बुजा, निर्वतमान सभापति एवम् संविधान सभा सदस्य रेशम बहादुर बानियाँ, उपसभापति माधवप्रसाद रेग्मी, पूर्व सहसभापति नेत्रबहादुर महत, सचिव मिनबहादुर कार्की, महिला संघकी अध्यक्ष बिमला गौचनका साथै भात्रृ संगठनका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

जहानिया राणा शासनबिरुद्ध लड्न २००३ सालमा विपिकै नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो। आजकै दिन अर्थात साउन ६ गते वीपी कोइरालाको देहवासान भएको थियो ।

Leave a Reply