म्याग्दीको सदरमुकाम बेनी हुदै पोखरा जोड्ने सडकखण्ड मर्मतपछि एकतर्फी रुपमा सुचारु भएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने पर्वतको कुस्मा नगरपालिका-२ नयाँपुलमा सडकमा खसेको ठुलो ढुंगा लाई आँंशिक रुपमा फुटाएपछि सडक एकतर्फी रुपमा सुचारु भएको हो ।

सडकमा खसेको ढुंगालाई स्काभेटरको सहायताले केही भाग हटाएपछि ठुला सवारी साधन पनि एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुबेदीले जानकारी दिनुभयो । साना सवारी साधनलाई बिहादै देखि पास गराईएपनि ट्रक र बस भने रोकिएका थिए । पुरै सडक दुई तर्फीरुपमा सडक सुचारु हुन भने केही समय लाग्ने छ ।

Leave a Reply