अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । अविरल बर्षाले बेनी-जोमसोम सडकखण्ड कटान गरेपछि भिरबाट गन्तब्यतर्फ जादै गरेका अन्नपूर्ण–३ दाना काभ्रेका झलक पुनको घटनास्थलमै मृत्यु भएको उद्धारमा खटिएका स्थानीयले बताएका छन् ।

बेनीबाट भुरुङ तातोपानी हुदै पहिरोस्थलबाट जोखिम मोलर घरतर्फ जाँदै गरेका पुनलाई माथिबाट खसेको पहिरोले लागेर गम्भीर घाईते भएका थिए । घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बेनीअनलाइनलाई बताए ।  मृतकलाई पहिरोस्थलमा अचेत अवस्थामा भेटिएको थियो । पहिरोमा अन्नपूर्ण– नारच्याङका अनिश गर्बुजा घाईते भएका छन् । गर्बुजाको अवस्था समान्य छ । उनको तातोपानी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Leave a Reply