सामाजिक एवम् मानवीय सेवामा सक्रिय लायन्स क्लव अफ बेनी म्याग्दीले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत सङ्कलन गरिएको छ ।

म्याग्दी बाहिर पोखरा लगायतका स्थानमा रगतको अभावलाई मध्यनजर गरी क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो । रगतकै अभावका कारण अस्पतालमा विरामीले मृत्युवरण गर्नु नपरोस् भन्ने उदेश्यले कार्यक्रम गरिएको क्लवका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।रक्तदान कार्यक्रमको लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालका सिनियर सिनियर एडभाइरज सरोज बानियाँले स्वास्थ्य क्षेत्रमा निरन्तर रचनात्मक काम गदैं आइरहेको क्लवले रक्तदानलाई निरन्तरता दिएको बताउनुभयो ।

‘समुदायका हरेक गतिविधिमा लायन्सको सहभागिता छ,‘रक्तदानमा म्याग्दीका लायन्स देशभरी नै अगाडी छन्’ प्रमुख अतिथि बानियाँले भन्नुभयो। त्यस्तै विशेष अतिथि लायन्स को चिप एडभाइजर चन्द्रकुमार केसी, स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावल, जिल्लाका सरकारी निकायका प्रमुख तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेत उपस्थित रहेका थिए । सोही अवसरमा म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले समेत रक्तदान गर्नुभएको थियो । रेडक्रस सोसाईटी अन्तरगत रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा संकलन भएकोलाई पोखरा पठाइने छ।

जिल्लामा बार्षिक ३ सय ५० पिन्ट रगत संकलन हुने गरेपछि डेढसय पिन्ट जिल्ला बाहिर पठाउने गरिएको छ।रक्तदान कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष श्रेष्ठ,स्वागत क्लवका प्रथम उपाध्यक्ष नारायण प्रसाद श्रेष्ठ, कार्यक्रमको सञ्चालक क्लवका सचिव रामजी विश्वकर्मा गर्नुभएको थियो ।

Leave a Reply