म्याग्दी जिल्लाका विभिन्न स्थानीय तहका रुटमा भोलि (बिहिबार) देखि सार्वजनिक सवारी साधन सञ्चालनमा आउने भएका छन् । कोभिड–१९ संक्रमणको जोखिमसँगै सरकारले चैत्र महिनामा बन्द गरेको सार्वजनिक यातायातलाई नियमित सञ्चालनको तयारी पुरा भएको म्याग्दी यातायात व्यवासयी कम्पनीका कार्यालय प्रमुख देबेन्द्र पौडेलले बताउनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिका सहित जिल्लाका ५ वटै गाउँपालिकामा सञ्चालन गरिने भएपनि सडक अवरुद्ध भएकाहरुमा मर्मतलगत्तै सेवा दिने तयारी भइरहेको छ। लकडाउनको करिब ४ महिनापछि ग्यारेजमा थन्किएका सवारीसाधनहरुले यात्रुलाई बोक्ने भएपनि स्वास्थ्यको न्यूनतम मापदण्ड अनिवार्य पुरा गर्नुपर्ने प्रालिका महासचिव सुमन श्रेष्ठले बताउनुभयो ।

‘मास्क अनिवार्य छ,‘मापदण्डको पुरा नगर्ने यात्रुलाई बोक्न बाध्य छैनौ’ श्रेष्ठले भन्नुभयो । प्रालिको बुधबार बसेको बैठकले आफ्नो मातहतमा रहेका यातायात ब्यवसायीले सवारीसाधनको चेकजाँच गरेर मात्रै सञ्चालनमा ल्याउन समेत निर्देशन दिइसकेको छ। बैठकमा अध्यक्ष लालबहादुर थापालेसाउन महिना भरी सवारी चड्न आउने यात्रुले मास्क नलागाए कम्पनीले माक्स उपलब्ध गराउने छ भने बसका चालक र सह– चालकले अनिबार्य हातमा पौजा (ग्लोबस) लगाउनुपर्ने छ ।

सह– चालकले प्रत्येक यात्रुलाई सेनिटाईजर प्रयोग गरेर मात्र बस भित्र प्रवेश गराउने छन् । सरकारको निति अनुसार हरेक बसका चालक र सह–चालकको कोरोना बिमा साउन महिनामा नभए कम्पनीले बिमा गरिदिने समेत जनाईएको छ । यसैबीच जिल्लाको प्रमुख दुई सडक बेनी दरबाङ र बेनी जोमसोम अवरुद्ध छ भने जिल्लाभित्रका ग्रामिण सडक समेत बर्खाको समयमा अवरुद्ध र जोखिम अवस्थामा रहेकाले सवारीचालकलाई जोखिमलाई ध्यान दिन समेत विषेश निर्देशन दिइएको छ ।

Leave a Reply