---Advertisement---

बागलुङबाट पोखरा रिफर गरेकी महिलाको बेनी अस्पतालमा सफल अप्रेशन

On: July 22, 2020 10:06 PM
Follow Us:

बागलुङ अस्पतालले प्रसुती सेवाका पोखरा रिफर गरेकी एक महिलाले मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध भएपछि बेनी अस्पतालमा सफल अप्रेशन गरेर सुत्केरी गराइएको छ।

सोमबारको अविरल बर्षासँगै पर्वतको कुस्मा नगरपालिका–२ नयाँपुल लगायत विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि अलपत्र परेकी बागलुङ नगरपालिका–८, सिगानाकी २१ बर्षिया आरती मल्लको परिवारले बेनी अस्पतालको सल्यक्रियाबाट शिशुलाई जन्म दिएको बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो।

‘सडक सुचारु नभएपछि बेनीमा आएर सेवा लिनुभयो,‘उहाँहरु खुसी हुनुहुन्छ’ अध्यक्ष कटुवालले भन्नुभयो । सुत्केरी व्यथा गम्भीर भएर पीडा भोगिरहेकी मल्ल सोमबार राती १ बजे पोखरा जाने बाटो अवरुद्ध भएपछि फर्किएर बेनी अस्पतालमा करिब ३ बजे अस्पतालका चिकित्सक डा. सागर लामिछाने नेतृत्वको टोलीले सफल अप्रेशन गरेको हो।

बर्षाले सडक अवरुद्ध भएको अवस्थामा पोखराको बिकल्प बेनी अस्पताललाई रोजेको सुत्केरी महिलाका आफन्तले बताएका छन्। ‘प्रसुती सेवामा बेनी अस्पताल अब्बल लाग्यो,‘पोखरा जान सक्ने अवस्था थिएन्, बेनीमा आएर सेवा लिए’ सुत्केरी मल्लले भन्नुभयो।अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत धन्यवाद दिनुभयो। सल्यक्रियाबाट सुत्केरी गराइएको र अहिले आमा र बच्चा दुबैको स्वास्थ्य स्थिति राम्रो रहेको अस्पतालले जनाएको छ ।

बेनी अस्पतालमा निक साईमन इस्टिच्युटको आर्थिक तथा प्राविधिक सहयोगले पछिल्लो समय म्याग्दी जिल्ला बाहिरबाट समेत प्रसुती सेवा लिन आउनेको चाप बढेको छ । अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीले चिकित्सा क्षेत्रमै दुर्लभ र जटिल मानिएका अप्रेसन समेत बेनी अस्पतालमै गनुर््भएको छ ।

चिकित्सा क्षेत्रमा ठूला र आकस्मिक रुपमै गर्नुपर्ने शल्यक्रियाभित्र पर्ने एक्टोपिक प्रेग्नेन्सी जस्ता जटिल सेवा समेत अस्पतालमै रहेको छ । अस्पतालमा शल्यक्रियासहितको प्रसूति सेवा लिने बिरामीको चाप धेरै रहेको छ।

अस्पतालको सेवासुविधाको क्रममा समस्यालाई सुधादैं देशभरमै उत्कृष्ट जिल्ला अस्पताल बनाउन ब्यवस्थापन, चिकित्सक सहितको टोलीले मेहनत गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अमृत अधिकारीले बताउनुभयो । अस्पतालमा बर्षेनी रिफर गर्ने नमिल्ने अवस्थाकामा आएका जटिल सेवा समेत दिने गरिएको छ।