बुधबार साँझ परेको अविरल वर्षाका कारण ठाउँठाउँमा अबरुद्ध भएको बेनी-मालढुङ्गा सडक सुचारु भएको छ । पर्वतको जलजला गाउँपालिकाको मिलनचोक देखि लस्ती सम्मको विभिन्न भागहरुमा गएको पहिरो हटाएपछि अबरुद्ध सडक सुचारु भएको हो ।

मिलनचोक देखि केराबारी सम्म चार स्थानमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । बुधवार साँझ धाइरिङमा ठूलो वर्षा भएको थियो । वर्षाका कारण खोल्साहरुमा ढुङ्गा सहितको ठूलो बाढी आएका कारण सडक समेत अबरुद्ध भएको स्थानियबासी बाबुराम कार्कीले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा मालढुङ्गाबाट बेनी आउँदै गरेका सवारीसाधनहरु केराबारीमा अलपत्र परेका थिए । सडक सुचारु भएपछि सवारी साधनहरु गन्तब्य तर्फ गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता बुद्धि सुबेदीले बताउनुभयो ।निर्माणधिन मिलनचोक धाइरिङ सडकका कारण लामाबगरमा माथिबाट पहिरो खस्दा केही घरहरु जोखिममा परेका छन् ।

Leave a Reply