अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई नेपाली कांग्रेस म्याग्दीका यूवा नेताले निजि खर्चमा साढे ७ लाख बराबरको जिन्सी साम्रागी सहयोग गरेका छन् ।

गत असार २५ गते पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङ, वडा नं ७ धारापानी, मालिका गाउँपालिका–७ बिम र रघुगंगा गाउँपालिका–८, कुईनेमंगलेमा विस्थापित जिवन विताइरहेका बालबालिका, महिला र बृद्धबृद्धाले प्रयोग गर्ने कपडा, चप्पल, गम्बुट, सुत्ने म्याटेस लगायतका जिन्सी साम्रागी विस्थापित रहेको क्षेत्रमै पुगेर हस्तान्तरण गरिएको हो ।

बाढीपहिरोबाट विस्थापित भएकालाई खाद्यान्न साम्रागी प्रयाप्त भएपनि लत्ताकपडा, सुत्ने विस्तारको अभाव भएको जानकारी पाए लगत्तै नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य केवि भण्डारी, ओम छन्त्याल, रघुगंगा–८ कुईनेमंगलेका अध्यक्ष गमान छन्त्याल, बेनी नगर सभापति अनोद श्रेष्ठ, समाजसेवी मन्दिरा श्रेष्ठ र राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिरा बहादुर पुनको निजी लगानीमा एयर डाइनेष्ट्रिक हेलिकप्टरमार्फत पहिरो प्रभावित क्षेत्रमै पु्गेर साम्रागी हस्तान्तरण गरिएको बेनपा–८ का वडा सदस्य समेत रहनुभएका पुनले बताउनुभयो ।

उहाँका अनुसार हेलिप्टरको खर्च बाहेक उक्त रकम बराबरको साम्रागी वितरण गरिएको जानकारी दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य एवम् यूवा नेता केवी भण्डारीले म्याग्देली जनताको सुखःदुखमा पार्टीसँगै ब्यक्तिगत खर्चमा समेत समस्या समाधानमा अग्रसर हुने बताउनुभयो । सहयोग साम्रागी वडाका जनप्रतिनिधि, आमा समुहका प्रतिनिधि, यूवा क्लव लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो । ‘घर भत्कियो, बस्ती छोड्नुभयो,परिवारका सदस्य गुमाउनुभएको छ,‘तपाईहरुको समस्यालाई हामीले समाधानको हरेक उपायहरु गर्नेछौ’ कांग्रेसका अर्का यूवा नेता ओम छन्त्यालले भन्नुभयो ।

उहाँले आगामी दिनमा समेत पीडितको आवश्यकता अनुसारको सहयोग जुटाउन निरन्तर पहल गर्ने बताउनुभयो ।विस्थापितले अति आवश्यक सहयोगहरु उपलब्ध भएकोमा धन्यवाद दिएका थिए ।

मराङका विभिन्न बस्तीबाट विस्थापित भएकालाई आवश्यकताका आधारमा सहयोग गर्ने र थप सहयोग आवश्यकता परेमा समन्वय गर्ने समेत टोलीले अनुरोध गरेको छ । पश्चिम म्याग्दी जोड्ने सडक सञ्जाल अवरुद्ध भएपछि कांग्रेसका नेताहरूले हेलिकप्टरबाटै सामान ढुवानी गरेका थिए ।

Leave a Reply