सामाजिक तथा मानवीय सेवामा ख्याति कमाउँदै आएको लायन्स क्लवले म्याग्दीमा बाढीपहिरो प्रभावितलाई साढे ६ लाख बराबरको साम्रागी सहयोग गरेको छ ।

गत असार २५ गते पहिरोले विस्थापित भएका धवलागिरी गाउँपालिका–६ मराङ, वडा नं ७ धारापानी, मालिका गाउँपालिका–७ बिम लगायत जिल्लाका विभिन्न स्थानमा विस्थापित जीवन विताइरहेकालाई लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वान नेपालमार्फत उक्त सहयोग शुक्रबार हस्तान्तरण गरिएको छ ।

जिल्ला विपद् ब्यवस्थापन समिति म्याग्दीका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई डिस्ट्रिक ३२५ बि वान नेपाल लायन्स को चिप एडभाइजर चन्द्रकुमार केसी साम्रागी हस्तान्तरण गदैं जिल्लामा आवश्यक परेको क्षेत्रमा लायन्स मार्फत निरन्तर सक्रियता देखाउने बताउनुभयो ।

लायन्समार्फत २९८ थान म्याटे«स, २१२ थान त्रिपाल, १ सय ६७ थान ब्ल्याङ्केट, ३२ थान तन्ना, टर्च लाईट ६० थान गरी ६ लाख ५० हजार भन्दा बढीको साम्रागी हस्तान्तरण गरिएको स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावलले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर, लान्यसका सिनियर एडभाइरज सरोज बानियाँ, म्याग्दी र पर्वत बेनीमा क्रियासिल लान्यस क्लवका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । म्याग्दीमा लायन्स मार्फत शिक्षा, स्वास्थ्य, सामाजिक एवम् प्राकृतिक विपत्तीमा परेर विस्थापित भएकालाई हरेक बर्ष ठूलो सहयोग गर्ने गरेको छ ।

Leave a Reply