म्याग्दीको धवलागिरी गाउँपालिका-६,मराङ राम्चेकी गर्भवती महिलाको निजी खर्चमा हेलिकप्टरबाट उद्धार गरिएको छ । गत असार २६ गते पहिरो आउँदा राम्चेकी करुणा नेपालीको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको पहलमा एयर डाइनेष्टिक हेलिकप्टरबाट उद्धार गरिएको हो ।

पहिरो जानुभन्दा अगाडी माईत गएकी नेपाली पदैलमार्गबाट पर्वत जिल्लाको कुस्मासम्म पुग्न समस्या भएपछि अलपत्र अवस्थामा उद्धार गरिएको समाजसेवी शाक्यले बताउनुभयो । ‘उहाँको स्वास्थ्यमा पनि समस्या रहेछ,‘तत्काल उद्धार नगर्दा थप जटिल समस्या देखिने भएपछि दरवाङसम्म पुर्याएको हो’ शाक्यले भन्नुभयो ।

महिलालाई सडकमार्ग हुदै श्रीमानले बेनीबाट कुस्मा लैजाने गरी बेनीसम्म यातायातको ब्यवस्था समेत मिलाइएको थियो ।

पहिरोस्थलमा चर्चित संचारकर्मी रबी लामिछानेसँगै पुग्नु भएका शाक्यले त्यहाँ रहेका दुई सुत्केरी महिलालाई समेत दरबाङबाट १० बोरा चालम, तेल समेत वडा सदस्य तिलकुमारी खत्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।

उक्त खाद्यान्न सुत्केरी महिला र अति आवश्यक परेकालाई हस्तान्तरण गर्न समेत अनुरोध गरिएको थियो ।यस अगाडी समेत शाक्यको पहलमा सुत्केरी, गर्भवति महिलाको उद्धार भएको थियो ।

बाढी र पहिरोले मराङ जाने सडकमार्ग नै बन्द भएको छ । खच्चडबाट समेत ढुवानी गर्न नसक्ने अवस्थामा हेलिकप्टरबाट सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । खाद्यान्न साम्रागी हस्तान्तरण कार्यक्रममा शान्ति कोषका सचिव लोकेश पुन मगर लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply