बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले पुरिएको ट्याक्टर चालकको शब भेटिएको छ ।गएराति साढे आठ बजे खसेको पहिरोमा स्काभेटर, टिपर र ट्याक्टर पुरिएका थिए । पहिरोमा परि वेपत्ता भएका ट्याक्टर चालक बर्ष २५ का धनबहादुर किसानको शब भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपि राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

अहिलेसम्म टिपर चालक निर्मल पुन बेपत्ता भएको र खोजीकार्य जारी रहेको सूचना अधिकारी रेग्मीले बताउनुभयो ।  स्काभेटर चालक भने सम्पर्कमा आएको उहाँको भनाइ छ । शनिबार राती ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन ।

पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको डिएसपि रेग्मीले बताउनुभयो । पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो ।निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन ।

सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरिएपनि सम्भव नभएपछि आज विहानैबाट नेपाल प्रहरी र शसस्त्र प्रहरलिे आज विहानैदेखि उद्धारकार्य सुरु गरेको थियो ।पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

Leave a Reply