मृगौला फेल भएर उपचाररत म्याग्दीकी दुई मृगौला पीडितलाई अमेरिकामा रहेका बरंजा-भकिम्लीबासीले पाँच लाखभन्दा बढी आर्थिक सहयोग गरेका छन् । बरंजा–भकिम्ली माईती कुटुम्ब समाजमार्फत मृगौला पिडितद्धय इन्द्रादेवी रोका र संगिता छन्त्याललाई प्रति ब्यक्ति २ लाख ६४ हजार ३५१ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजका अध्यक्ष कमलराज पुनले बताउनुभयो ।

अस्पतालको शैयाबाटबाट सहयोगको याचना गरेका दुबै पीडितलाई सहयोग हस्तान्तरण कार्यक्रममा बेनी नगरपालिका–३ भकिम्ली र मंगला गाउँपालिका–३, ४ वडा बरंजाका बासिन्दाले विदेशबाट समेत आफ्नो गाउँघरमा हुने विभिन्न गतिविधिमा साथ दिएको भन्दै धन्यवाद ज्ञापन समेत गरिएको थियो ।

सोही अवसरमा बे्रन ट्युमर पीडित मंगला–४ का बाबुराम पुन, मृगौला पीडित बेनपा–३ डाँडाखानीका मुक्ती रोका, तिलक बहादुर रोका, डाँडाखानीका खड्क प्रसाद भट्टचनको उपचारमा समेत आर्थिक सहयोगको अभियान सञ्चालन सुरु गवदैं स्वदेश तथा विदेशमा सहयोग अपिल गरिएको समाजका सचिव पकबहादुर थापाले जानकारी दिनुभयो ।

Leave a Reply