म्याग्दीमा तीनजना बिरामीमा डेंगु पोजेटिभ देखिएको छ । एक्कासी टाउको दुख्ने, जोर्नीहरु दुख्ने, आलस्यता हुने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा उपचारका लागि आएका मंगला गाउँपालिका–१ का ४१ बर्षिय पुरुष, धवलागिरी गाउँपालिका–६ घर भई बेनपा–४ सिंगा बस्ने १९ बर्षिय यूवा र बेनपा– ४ का २५ बर्षिय यूवामा डेंगु संक्रमण देखिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुबेदीले बताए ।

‘तीनै बिरामीको अस्पतालमै उपचार भइरहेको छ,‘बिरामीको ट्राभल हिष्ट्रीको खोजी भइरहेको छ’ उनले भने । यो संगै बैशाख महिना यता बेनी अस्पतालमा डेंगुका २५ जना बिरामी भेटिएको बेनी अस्पतालले जनाएको छ।

डेंगू लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो एक प्रकारको ज्वरो हो । यो रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टे ग्रामीण क्षेत्रको तुलमा शहरी क्षेत्रमा ज्यादा पाइन्छ । लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र डेंगु संक्रमण हुन्छ। डेंगु सार्ने लामखुट्टे सफा तथा स्थिर पानीमा बस्ने भएकाले सदरमुकाम बेनीमा यो सर्ने सम्भावना पर्याप्त रहेको छ।

Leave a Reply