म्याग्दीको मालिका गाँउपालिका-५,देविस्थान रुन्माका एक यूवाले समुदायको हितमा सघाउने दुई तले घर दिएका छन् । गाउँमा हुने विभिन्न सामाजिक गतिविधि, बैठक, भेला लगायतमा प्रयोग गर्ने गरी मिम पुनले नव सृजना यूवा क्लव अध्यक्ष तम बहादुर पुनलाई पाँचवटा कोठा भएको ढुंगाको घर हस्तान्तरण गरेका छन् ।

स्थानीय यूवा क्लव, आमा समुहका साथै समुदायस्तरमा हुने विभिन्न सामुहिक गतिविधिमा सहज हुने गरी घर हस्तान्तरण गरेको र छिट्टै समुदायकै नाममा घरजग्गा पास गरिदिने वडा सदस्य समेत रहेका पुनले बताए । ‘समुदायको हितमा हुने काममा सधै साथ दिन्छु,‘ समुदायको रचनात्मक अभियानमा आवश्यक परे थप सहयोग गर्छु’ पुनले पुनले भने ।

क्लव सहित आमा समुह लगायतका गतिविधिमा समेत प्रयोग गर्न सहज हुने गरी आवश्यक मर्मतमा समेत सघाउने पुनको भनाई छ । जनप्रतिनिधि भएर समुदायको समस्यालाई पहिलो प्राथमिकता दिनुपर्ने पुनको बताए । समुदायलाई घर हस्तान्तरण गरेपछि स्थानीय समेत खुसी भएको क्लवका अध्यक्ष तमबहादुरले बताए।

संस्थागत गतिविधि सञ्चालन गर्न सहज हुने बताउँदै आगामी दिनमा समेत थप सहयोग परेमा सहयोगको प्रतिबद्धता समेत प्राप्त भएको बताए । यसैबीच समुदायले प्रयोग गर्ने गरी वडा सदस्य पुनकै पहलमा १ लाख १९ हजार १ सय बराबरको भाँडाकुडा समेत ब्यवस्था गरिएको छ ।

भाँडाकुडा खरिदमा गोपाल फगामीले ५० हजार, युकेमा रहेकी उदिमा बुढा, काडमाण्डौबाट मनदेवी राना, जापानमा रहेकी मिनकुमारी तिमिल्सिना लगायत रुन्मा गाउँबाट विदेशमा गएकाले क्लवलाई २ लाख ८ हजार नगद सहयोग गरेका छन् । रुन्मा गाउँमा १ सय ८७ घरधुरी छ ।

Leave a Reply