नेपाली कांग्रेस म्याग्दीले भीषण बाढी पहिरोबाट विस्थापित भएकालाई घरदैलोमै पुगेर राहत वितरणलाई तिब्रता दिएको छ । कांग्रेसले मालिका गाउँपालिका–५, देविस्थानका १ सय ३० घरका बाढीपहिरो प्रभावितलाई २ लाख ४१ हजार ८ सय बराबरको राहत सामग्री वितरण गरिएको हो ।

पार्टी सभापति खमवीर गर्बुजाको नेतृत्वमा गएको टोलीले पीडित परिवारलाई खाद्यान्न सहयोग गदै पार्टीले भविस्यमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।‘तपाईको दुखःसुखमा हामीले साथ दिन्छौं,‘हामीले ब्यक्तिगत र सहयोग जुटाएरै राहत ल्याएका छौ’ गर्बुजाले भन्नुभयो ।

जिल्लामा २८ जनाभन्दा धेरैका ज्यान गएकाले बाढीपहिरोबाट विस्थापितको पुर्नवास सहितको अभियानका लागि केही नयाँ योजना ल्याउने तयारी भइरहेको सभापति गर्बुजाको भनाई उद्धित गदैं तरुण दलका नेता नगेन्द्र मल्लले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा बेनी नगरपालिका मेयर एवम् पार्टी सचिव हरिकुमार श्रेष्ठ, महासमिति सदस्य चिरञ्जीवी शर्मा र महासमिति सदस्य एवम् महिला संघका जिल्ला अध्यक्ष विमला गौचन, मालिका गाउँपालिका प्रमुख श्रीप्रसाद रोका र वडा अध्यक्ष पीपला बुढा,प्रदेश सभा ख निर्वाचन क्षेत्रीय समितिका सभापति कमल छन्त्याल, उपसभापति मेकबहादुर पुन सचिव हिरा पुन लगायतको उपस्थिती रहेको थियो । कांग्रेस म्याग्दीले संस्थागत रुपमै साढे १० लाखको राहत वितरण गरेको छ।

Leave a Reply