भीषण बर्षासँगै आएको पहिरोबाट विस्थापितको पुर्नवास अभियानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृ संगठन जुटेको छ ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयू म्याग्दीले असार २५ गतेको पहिरोबाट अति प्रभावित म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका विभिन्न बस्तिमा घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थाई बसोबासका लागि टहरा बनाउने लगायतका काममा जुटेको राष्ट्रिय युवा संघका सहसंयोजक सन्दिप खत्रीले जानकारी दिनुभयो ।

एकहप्तासम्म सक्रिउय हुने टोलीले मराङको कुम्रि, आरबाङ, राम्चेमा पनि अस्थाई टहरा बनाएको छ ।उहाँका अनुसार पहिरो प्रभावित क्षेत्रमा राष्ट्रिय युवा संघका जिल्ला संयोजक प्रविण शाहीको नेतृत्वमा टहरा, घोरेटोबाटो मर्मत गर्ने, खानेपानी मर्मत गर्ने लगायत काम भइरहेको छ ।

गएको बेनीबाट पुगेका ३५ जना नेता तथा कार्यकर्ताहरुको टोलीले स्थानीय युवा क्लवसँगको सहकार्यमा पहिरो पिडितको ब्यवस्थापन गरिरहेका छन् ।

टोलीले घण्टीवाङ र रिखका पहिरो पिडित बसेको आरवाङको जनविकास आधारभूत विद्यालयमा दुई वटा अस्थाई शौचालय र सेफ्टी ट्याङ्की बनाएको जनाएको छ । मराङका विभिन्न बस्तीमा पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो भने दुई जना अझै वेपत्ता भएका छन् ।

Leave a Reply