बागलुङमा सोमबार राती तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका–२ का पान बहादुर बि.क. को घरमाथीबाट आएको पहिरोले घर पुरीँदा उनका १३ बर्षिया छोरा खिम बहादुर बि.क. र १२ बर्षिया छोरी रिता बि.क. को मृत्यु भएको हो भने श्रीमती होम कुमारी बि.क. गम्भिर घाईते हुनुभएको छ ।

त्यस्तै निसीखोला गाउँपालिका–१ का कमल परियारको घर पहिरोले पुरिदा उनका ३  बर्षिया छोरा समिर परियारको मृत्यु भएको सूचना अधिकारी डिएसपि राजेन्द्र रेग्मीले बताए ।

Leave a Reply