लगातारको बर्षासँगै म्याग्दीको धवलागिरी गाउँपालिका–१, गूर्जा हुदै बग्ने तीनवटा खोलामा पानीको बाहव ह्वात्तै बढेको छ ।

भिषण बर्षासँगै लाच्थावाङ, गरर्पु र घुर्म खोलामा पानीको सतह बढेपछि तटिय क्षेत्रमा सर्तकता अपनाउन अपिल गरिएको गूर्जाका वडा अध्यक्ष झकप्रसाद छन्त्यालले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

‘खोलाको सतह ह्वात्तै बढेको छ,‘तल्लो क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छु’ छन्त्यालले भन्नुभयो । दुईदिन यता गूर्जा आसपासका क्षेत्रमा निरन्तर बर्षा भइरहेको छ । मुदीसँग सिमाना जोडिएको गूर्जाकै फोल्डिङ खोलाको सतह समेत बढेको अनुमान गरिएको छ ।

विगतमा गूर्जाका खोलामा बाढी आउँदा म्याग्दी खोलाले वितण्डा मच्चाउने गरेको थियो । यता धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले समेत सामाजिक सञ्जालमा गूर्जा हुदै बग्ने खोलाको सतह बढेकाले सतर्कता अपनाउन सामाजिक सञ्जालमार्फत अनुरोध गर्नुभएको छ ।

यसैबीच प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले गूर्जाबाट खवर आएपछि थप जानकारी लिने प्रयास भइरहेको बताउनुभयो ।

यो समयमा कुनैपनि बेला विपत आउनसक्ने भएकाले दुर्गम क्षेत्रमा बस्नेहरूसँग नियमित सम्पर्क हुने संयन्त्रको आवश्यकता रहेको उहाँको भनाई छ ।

हिमाल आसपासमा जमेर बसेको हिँउ वर्षासँगै पग्लिएर २०५८ सालमा भीषण बाढी आउनुका साथै गतबर्ष करिब डेढघण्टा म्याग्दी खोला उर्लिएको थियो। जिल्लाको विकट गाउँका खोँचमा बग्ने खोलामा एकाएक बाढी आउँदा पश्चिम म्याग्दीका तटिय क्षेत्रसँगै सदरमुकाम बेनी आसपासमा समेत असर गर्ने गरेको छ ।

गुर्जा हिमाल बाट अाएर म्याग्दि खाेलामा मिसिई बग्ने खाेला अत्याधिक बढेकाे हुँदा खाेलाकाे नजिक नजिक बस्ने सम्पुर्ण म्याग्दि बासिलाई विशेष सतर्कता अप्नाउन हुन अनुराेध छ ।

 

 

Leave a Reply