नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको केन्द्रिय सदस्यमा म्याग्दीका लेखबहादुर हमाल चयन भएका छन्। ठूलो अनियमितता गरेको पाइएपछि नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरी चयन गरेको ३३ सदस्यीय तर्दथ समितिमा हमाल केन्द्रिय सदस्यमा मनोनित भएका हुन् ।

लामो समयसम्म म्याग्दीको रेडक्रसको गतिविधिमा संलग्न हमाल रेडक्रस म्याग्दीका सभापति समेत हुन् । दुई कार्यकाल सभापितको जिम्मेबारीमा रहेका हमाल अव जिल्लाको नेतृत्व हस्तान्तरण गरी केन्द्रिय समितिमा सक्रिय हुने बताइएको छ । साविकको धौलागिरी अञ्चल भित्रका ४ जिल्लामा हमालमात्रै केन्द्रिय कार्यसमितिमा छन् ।

सरकारले डा. नेत्रप्रसाद तिम्सिनाको अध्यक्ष, उपाध्यक्षमा डा। विश्वकेशर मास्के, शर्मिला कार्की, महामन्त्रीमा पीताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषाध्यक्षमा होम पाठक रहेका छन् । पछिल्लो समय देशभर रेडक्रस सोसाईटकीको गतिविधि कमजोर बन्दै गएको गुनासो समेत आउने गरेको छ ।

Leave a Reply