अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर विस्थापित भएकालाई एकल महिला तथा बालबालिका सशक्तिकरण केन्द्र म्याग्दीले लत्ताकपडा सहयोग गरेको छ ।

जिल्लाभित्रका विभिन्न स्थानमा बाढीपहिरोले विस्थापित जिवन विताइरहेका महिला, बालबालिकालाई लक्षित गरी करिब ३० हजार बराबरको लत्ताकपडा केन्द्रकी अध्यक्ष देवी केसी, संस्थापक अध्यक्ष बिमला गौचनले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालमार्फत हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा केन्द्रकी अध्यक्ष केसीले बाढीपहिरोबाट विस्थापितको अवस्था नाजुक भएकाले आवश्यक सहयोगका लागि केन्द्र र प्रदेशमा समेत जानकारी गराइएको बताउनुभयो । सोही अवसरमा प्रजिअ ढकालले हस्तान्तरण गरिएको सहयोगलाई जिल्लाभित्र आवश्यकता परेको स्थानमा पठाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले धवलागिरी गाउँपालिका –६, मराङ र मालिका–७, विम लगायत जिल्लाभित्र अधिकांस स्थानमा बाढी तथा पहिरोमा परेकालाई निजी तथा संस्थागत प्रयासमा उपलब्ध राहतले सहज भएको बताउनुभयो । कार्यक्रमको सञ्चालन केन्द्रकी सचिव हिरा पौडेलले गर्नुभएको थियो ।

Leave a Reply