म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न देशबाट आएर जिल्लाको बेनी स्थित क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको हो।

साउदी अरवबाट आएर म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बस्नुभएका अन्नपूर्ण गाउँपालिका– ८ राम्चेका ३५ बर्षका १ जना र कुवेतबाट आएर न्यू वेष्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा रहनुभएका मालिका गाउँपालिका–४ का ३४ बर्षिय यूवामा कोरोना पुष्टी भएको वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार संक्रमति दुवै जनाको स्वास्थ्य अवस्था समान्य छ । गत साउन ८ गते पिसिआर परिक्षणका लागि पोखरा पठाइएको थियो । योसँगै म्याग्दीमा कोरोना संक्रमितको जम्मा संख्या ४५ पुगेको छ भने हालसम्म निको भएर ३४ जना घर फर्किनुभएको छ । ंसंक्रमित यूवालाई खुल्लामञ्च स्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।

Leave a Reply