हिमालपारिको जिल्ला मुस्ताङमा विगतका वर्षहरूको तुलनामा अत्यधिक वर्षा हुँदा ६३ परिवारका २३८ जना विस्थापित भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका–२ का एक जनाको मृत्यु भएको छ भने तीन घर पूर्ण रुपमा नष्ट भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो ।

पहिराेकाे जाेखिमकाे कारणा थासाङ गाउँपालिका–४, घाँसाका ४३ परिवारको ८३ महिला तथा ८३ पुरुष गरी १६३ जना विस्थापित भएका छन् । त्यस्तै, थासाङ गाउँपालकिा–३, कैकु र मिसिका पाँच परिवारका १० जना र थासाङ गाउँपालिकाको कोबाङका १५ परिवारका ६२ जना विस्थापित भएको भएपनि सबैजनालाई सुरक्षित स्थानमा राखिएकाे प्रजिअ अर्यालले बताउनुभयो ।

त्यसैगरी, घाँसाका रामलाल विकको गोठ, धनदेवी शेरचनको गोठ र रनप्रसाद गौचनको घर पूर्ण रुपमा नष्ट भएको प्रजिअ अर्यालले बताउनुभयो । प्रजिअ अर्यालका अनुसार बेनी-जोमसोम सडकको घाँसो–लेते खण्ड गत १० दिनदेखि अवरुद्ध भएको छ । सडक खुलाउनका लागि घाँसा र लेते तर्फबाट गरी चारवटा डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास भइरहेको छ ।

Leave a Reply