म्याग्दीका बाढीपहिरो पिडितलाई बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आर्थिक सहयोग गरेको छ। अविरल वर्षासँगै जिल्लाको विभिन्न स्थानमा आएको बाढी र पहिरोले विस्थापित जिवन विताइरहेकालाई राहत तथा पुर्नवास अभियानमा सघाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई संस्थाको तर्फबाट ५० हजार सहयोग हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ ढकाललाई संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठ, उपाध्यक्ष माधवप्रसाद रेग्मी, सचिव रमेश गिरी, कोषाध्यक्ष टंक हमालले सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा संस्थामार्फत बाढीपहिरोले असर गर्दा समेत सदरमुकाम बेनी आसपासका क्षेत्रमा नियमित खानेपानी उपलब्ध गराउन खेलको भूमिकालाई प्रजिअ ढकालले प्रशंसा गर्नुभएको थियो । संस्थाका अध्यक्ष श्रेष्ठले बर्खाको समयमा आपूर्तीमा समस्या झेल्नुपरेपनि स्वस्छ र शुद्ध खानेपानीका लागी निरन्तर प्रयास भइरहेको बताउनुभयो ।

Leave a Reply