धनुष्टंकार अर्थात टिटानस रोगबाट ग्रसित म्याग्दीका एक यूवाको उपचारमा बिम मालिका संघ अन्तराष्ट्रिय विभागको पहलमा ४ लाख आर्थिक सहयोग जुटाइएको छ ।

पोखराको चरक मेमोरियल हस्पिटलमा उपचारर्थ मालिका गाउँपालिका-७ बिमका २४ बर्षिय रिम बहादुर गौतमलाई विभागले यूके, अष्ट्रेलिया, बेल्जियम, अमेरिका, हङकङ र जापानबाट बिमबासीको सहयोगमा संकलन भएको उक्त सहयोग पीडितका परिवारलाई हस्तान्तरण गरेको संघका अध्यक्ष देउप्रसाद जुग्जालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संघमार्फत गरिएको पहलमा प्रवासमा रहेका विमबासीले आर्थिक सहयोग गरेको बताउनुभयो।  उक्त अभियानमा आर्थिक सहयोग गर्नेलाई संघका अन्तराष्ट्रिय विभागका अध्यक्ष कृष्ण जुग्जालीले समेत धन्यवाद दिदैं थप सहयोगका लागि समेत अपिल गर्नुभएको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि पहिरोले अस्तब्य भएको बिमका विस्थापितलाई राहत जुटाउने अभियानमा सक्रिय रहेका बिमबासीले समेत उपचारमा समस्या नहोस् भन्दै सहयोग जुटाएर उपचारमा सहज बनाएको पीडित गौतमका परिवारको भनाई छ ।

पीडितको उपचारमा थप सहयोगको आवश्यकता रहेको छ । शरीरमा कुनै वस्तुले काट्दा, घोच्दा, पोल्दा वा चोटपटक लागेर छाला काटिएको वा कमजोर भएको अवस्था मा क्लोस्ट्रियम टिटानी नामक ब्याक्टेरिया रहेको फोहर वस्तु सम्पर्कमा भयो भने टिटानस को संक्रमण हुन्छ ।

सामान्य अवस्थामा हेलचेक्र्याइँ गर्दा जटिल समस्या हुने भएकाले समयमै उपचार गर्नुपर्ने चिकित्सकको भनाई छ । टिटानसको समयमा नै उपचार नभएमा सास लिनमा कठिनाई उत्पन्न भएर मानिसको मृत्यु समेत हुनसक्छ।

Leave a Reply