नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संगठन र अखिल नेपाल स्वतन्त्र विद्यार्थि यूनियनले मराङमा विस्थापित ६५ परिवार अट्न मिल्ने गरि ५१ वटा अस्थाइ टहरा निमार्ण गरेका छन् ।

धौवलागिरी गाउँपालिका ६ मराङमा गत असार २५ गते वर्षका कारण आएको बाढीर पहिरो बाट विस्थापित परिवार लाई वस्नका लागि टहरा निमार्ण गरिएको राष्ट्रिय युवा संगठन नेपाल म्याग्दीका संयोजक प्रविण शाहिले बताउनुभयो ।

मराङको बेशि, कुम्म्री, दमका, खक्सीमा रहेको डाँफे युवा क्लबको भवन नजिकै र राम्चेमा गरी ५१ वटा टहरा निमार्ण गरिएको छ भने पन्थोकमा शौचालय निमार्णका लागि १ वटा सेप्टीटंकी खन्ने र निमार्ण गर्ने काम गरिएको संगठन म्याग्दीका संयोजक शाहीले बताउनु भयो ।

युवा संगठन र अनेरास्ववियू गरि ४२ जना युवाहरुको टिमले टिन हाल्न मिल्ने गरि टहरा निमार्ण गरिएको अनेरास्ववियू म्याग्दीका संयोजक सुबास विश्वकर्माले बताउनु भयो । हाल टहरा मात्रै निमार्ण गरेका छौं , भौगोलिक विकटता का कारण टिन लैजान नसके पछि टहरा मात्रै निमार्ण गरेर आएका छौं । केही दिन भित्रमा टिनको व्यवस्थापन गरि फेरि टिनले छाउनका लागि युवा संघ र अखिलका युवा पुन एक पटक मराङ पुग्ने विश्वकमाले बताउनु भयो ।

बेनी बाट मराङ सम्म जोखिम यात्रा मोलेर पुगेका युवाहरुले ५ दिनमा टहरा निमार्ण गरेका हुन् । गत असार २५ गते आएको बाढी र पहिरोका कारण मराङको राम्चे, कल्लेनि र रिखामा गरि २१ जनाको मृत्यू भएको छ भने २४ घरधुरी पुर्ण रुपमा क्षेती, १० घरधुरी अंशिक क्षेती र २२४ घरधुरी उच्च जोखिममा रहेका छन् ।

Leave a Reply