अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सदरमुकाम बेनीमा आँखा उपचार केन्द्र सञ्चालन

On: July 29, 2020 9:27 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित क्याम्पसचोकमा सोमबारदेखि आँखा उपचार केन्द्र सञ्चालन भएको छ। नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा म्याग्दीद्वारा सञ्चालित आँखा उपचार केन्द्रको औपचारिक रुपमा शुभारम्भ गरी सञ्चालनमा ल्याइएको हो । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा हालै स्थापना गरी सञ्चालनमा आएको आँखा उपचार केन्द्रको नेपाल नेत्र ज्योती संघ म्याग्दी शाखाका अध्यक्ष अमर बानियाँले शुभारम्भ गरेका थिए । अध्यक्ष बानियाँद्वारा ७४ वर्षीया वृद्धा यशोदा शर्मालाई आँखा चेकजाँचका लागि नामदर्ता गरेको कागज हस्तान्तरण गरी केन्द्रको औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।

‘दृष्टि सबैका लागि’ भन्ने मूल नारासहित स्थापना गरिएको आँखा उपचार केन्द्रको उद्घाटन गर्दै म्याग्दी शाखाका अध्यक्ष बानियाँले आँखाको रोगबाट समस्यामा परेका बिरामीलाई सेवा दिने उद्देश्यले नेत्रज्योती संघको पहलमा आँखा उपचार केन्द्र स्थापना गरिएका जानकारी दिएका छन् । हाल अहिले उक्त आँखा उपचार केन्द्रमा दुईजना स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिने जनाइएको छ ।