नेपाल बाल संगठन म्याग्दीलाई एक यूवा ब्यवसायीले ३० हजार बराबरको पिन्टर सहितको फोटोकपी मेसिन सहयोग गरेका छन् ।

बिहिबार बाल संगठनद्धारा सञ्चालित बाहगृहमा आयोजित कार्यक्रममा प्रशासनीक काममा प्रयोग हुने गरी बेनी नगरपालिका ७ मंगलाघाट निवासी धनश्याम पौडेलले संगठनका सभापति नेत्रबहादुर महत सहित पदाधिकारी र सदस्यको उपस्थितिमा प्रिन्टर हस्तान्तरण गर्नुभएको हो ।

अनाथ बालबालिकाको आश्रय र शिक्षादीक्षाका लागि सञ्चालित धौलागिरि क्षेत्रकै एकमात्र बालगृह ‘म्याग्दी बालगृह’ को क्षमता र पूर्वाधार विस्तारमा प्राप्त सहयोगले सहज भएको सभापति महतले बताउनुभयो ।

बालगृहमा हाल म्याग्दी, बागलुङ र पर्वतका गरी ७ बालिकासहित १३ बालबालिका आश्रित छन्। बुवाआमा दुवै नभएका बालबालिकालाई बालगृहमा आश्रय दिएर एसइईसम्मको शिक्षाको व्यवस्था मिलाइएको छ ।२०४८ मा स्थापना भएको बालगृहमा आश्रय लिएर हालसम्म २० भन्दा बढी अनाथ बालबालिकाले एसइईसम्मको अध्ययन गरेको संगठनले जनाएको छ ।

Leave a Reply