बाँसको तामाको तपाईं अचार, तरकारी वा सुप, के खानुहुन्छ ? जसरी खाए पनि यो स्वादिष्ट त हुन्छ नै यसले मानव स्वास्थ्यमा समेत फाइदा पुर्याउँछ । मो सेबनले मुटुको लागी राम्रो फाइदा गर्छ । खासगरी, तामे, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महँगो हुन्छ ।

तामाबाट विभिन्न परिकार बनाउछ सकिन्छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार (मेसो) पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।

विदेशीले भने तामाको सुप धेरैथरीका बनाउँछन् ।नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ ।यो अत्यन्तै मिठो हुन्छ ।बाँसको तामा पनि एक किसिमले गुन्दु्रक खाँदेजसरी नै बनाइन्छ । सर्वप्रथम, तामे बाँसको कलिला मुन्टा भाँचेर ल्याउने र स–साना टुक्रा बनाउने ।

केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्ने गरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्लीयपन बढ्छ । Source: Newsofnepal.com

Leave a Reply