शुक्रबार म्याग्दीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विदेशबाट आएर बेनी स्थित क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमति हुनेमा ३९ बर्ष अन्नपूर्ण गाउँपालिका– ८ का ३९ बर्ष र मंगला गाउँपालिका–२ का ३७ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो ।

उहाँका अनुसार संक्रमति दुवै जनाको स्वास्थ्य अवस्था समान्य छ । बहराईनबाट आएर क्वारेन्टाइनमा बसेकाको पिसिआर परिक्षणका लागि पोखरा पठाइएको थियो । योसँगै म्याग्दीमा कोरोना संक्रमितको जम्मा संख्या ४७ पुगेको छ भने संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ४१ पुगेको छ । ंसंक्रमित यूवालाई खुल्लामञ्च स्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।

Leave a Reply