म्याग्दीमा कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएकालाई कम्तिमा एक हप्ता अलग्गै बस्न अनुरोध गरिएको छ । कोरोनाको अन्तिम नतिजा नेगेटिभ आएपनि पूर्ण रुपमा जोखिम मुक्त नभएकाले आइसोलेसनबाट घर फर्किएकालाई अलग्गै बस्न, शौचालय छुट्टै प्रयोग गर्न र समुदायमा घुलमिल नहुनसहित आवश्यक समन्वय गर्न समेत अनुरोध गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

‘उहाँहरुले केही समय नियमित भेटघाट, एकै ठाउँमा बस्नु गर्नुहुदैन्,‘त्रसित नभएपनि सतर्कता आवश्यक छ’ लम्साललेभ भन्नुभयो । कोरोनाको अन्तिम नतिजा नेगेटिभ आएपछि घर फर्किएका तत्कालै घुलमिल भएमा सर्न सम्भावना समेत रहेको लम्सालको भनाई छ ।

विदेशबाट आएका मध्ये विहिबार ७ जना पुरुष संक्रमितहरु घर फर्किएका छन् । अहिलेसम्म कुल ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या ४१ पुगेको छ ।

तीमध्ये ३६ जना पुरुष र पाँचजना महिला रहेका छन् । अहिले आईसोलेसनमा रहेका ६ जना पुरुषको स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार भैरहेको छ । कुबेत, दुबई, साउदीअरब, भारत र बहराईन लगायतका देशबाट आएर बेनीको क्वारेन्टाइनमा रहेको बेला कोरोना संक्रमणको पुष्टि भएको थियो ।

घर फर्किएका केहीले लापरवाही गरेको गुनासो आउन थालेपछि विदाईको क्रममा कडा निर्देशन सहित नियमनका लागि समेत वडास्तरमा रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलाई समेत समन्वय गर्न अनुरोध गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply