अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

म्याग्दी प्रहरीले एक महिनामा १० फरार अभियुक्त पक्राउ

On: July 31, 2020 4:34 PM
Follow Us:

जिल्ला अदालत म्याग्दीले सजाय एवं जरिवाना फैसला गरेपछि फरार भएका १० अभियुक्तलाई म्याग्दी प्रहरीले पक्राउ गरेको छ।

पछिल्लो एक महिनाको अवधिमा डाँका चोरी, गौवध, अनियमित बन पैदावर, सवारी ज्यान र बहुविवाह लगायत विभिन्न कसुरमा जिल्ला अदालत म्याग्दीबाट १० बर्ष २ महिना कैद र ६२ हजार ६२५ जरिवाना कैद र जरिवाना तोकिएका १० जनालाई पक्राउ गरी आवश्यक कारावहीका लागि जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो।

पक्राउ पर्नेमा ६ बर्ष कैद र ३९ हजार जरिवाना तोकिएका अन्नपूर्ण गाउँपालिका ५ शिख घर भई पोखरामा बस्ने बालकृष्ण गर्बुजा भन्ने कृष्ण गर्बुजा, गौवध मुद्धामा ३ बर्ष कैद सजाय तोकिएका बेनी नगरपालिका–६ अर्थुङे घर भई पर्वतको कुस्मा बस्ने सम्मर बहादुर दर्जी लगायतका रहेको प्रहरीले जनाएको छ ।