अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर म्याग्दीका विभिन्न स्थानमा विस्थापित भएकालाई गण्डकी प्रदेश सरकारले खाद्यान्न लगायतका साम्रागी पठाएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टर मार्फत धवलागिरी गाउँपालिका–६ मराङ, मालिका–७ बिम र अन्नपूर्ण गाउँपालिका–३ दानामा विस्थापित जिवन विताइरहेकालाई शनिबार खाद्यान्न, खानेपानीको पाईप, शौचालयमा प्रयोग हुने प्यानल, महिलालाई स्यानीटरी प्याड लगायतका साम्रागी पठाइएको नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुबेदीले जानकारी दिनुभयो ।

अन्नपूर्ण–३ दानामा ५५ बोरा चामल, ८० पोका तोल, १ बोरा नुन, धवलागिरी–६ मराङको राम्चेमा ७३ बोरा चामल, ५० केजी नुन, ८० लिटर तेल, ३ रोल पाईप, आर्वाङमा ७० बोरा चामल, १ सय पोका तेल, ४ रोल पाईप, १ सय केजी नुन र मालिका–७ बिमको बाईनाफाँटमा ८३ बोरा चामल तेल १ सय ४० पोका, नुन १ सय केजी र २० थान पाल सहित स्यानिटरी प्याड लगायतका आवश्यक साम्रागी रहेको छ ।

बाढीपहिरोबाट विस्थापितलाई आवश्यक खाद्यान्न सहित पुर्नवास अभियानमा समेत जुटेको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले बताउनुभयो ।

तत्काल आवश्यक खाद्यान्न साम्रागी उपलब्ध गराउने र निकट भविस्यमा पुर्नवासलाई प्राथमिकता दिईने मन्त्री पुनको भनाई छ । राहत साम्रागी ढुवानीमा गण्डकी प्रदेशका सांसद विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देबेन्द्रबहादुर केसी, नेकपाका सचिव हरिकृष्ण श्रेष्ठले समन्वय गर्नुभएको थियो ।

सोही अवसरमा गम्भीर अवस्थामा रहेकी एक बिरामीलाई सांसद केसीले सेनाकै हेलिकप्टरमार्फत उद्धार गरी बेनी अस्पतालमा समेत ल्यानुभएको थियो। गत असार २६ गते पहिरोमा विस्थापित भएकालाई सरकारी तहबाट सबैभन्दा धेरै राहत शनिबार पुगेको छ । यसअगाडी नेपाली कांग्रेस सहित विभिन्न संघसंस्था र ब्यक्तिले हेलिकप्टर र खच्चडबाट राहत साम्रागी ढुवानी गरिएको थियो ।

Leave a Reply